images
images
  • सहकारी प्रकरण : एक साताभित्र समितिले प्रारम्भिक प्रतिवेदन तयार पार्ने

    काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ ।

    समिति सभापति सूर्य थापाका अनुसार अहिलेसम्मको छलफल बयानको समीक्षात्मक प्रतिवेदनको मस्यौदा एक साताभित्र तयार हुनेछ ।

    समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम हिनाप्रकरणका आरोपित व्यक्तिमध्ये ५० जनासँग सोधपुछ गरिएको छ । यही भदौ २३ गते समितिलाई दिइएको समय सकिँदै छ ।

    यस्तै बुधबारकाे  बैठकमा सहारा सहकारी चितवन, सानो पाइला बीरगंज, सूर्य दर्शन पोखरा, सुप्रिम बुटवल र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंका पीडितहरूले  केही तथ्यहरुको विषयमा जानकारी दिएको सभापति थापाले जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै