images
images
  • नेपाल प्रहरीका तीन डीआइजीको सरुवा

    काठमाडौं – नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को काज सरुवा भएको छ । सोमबार गृह मन्त्रालयले डीआइजीहरुको काज सरुवा गर्ने निर्णय गरेको हो ।

    बागमती प्रदेशमा रिक्त रहेको डीआइजी पदमा कृष्णहरि शर्मा पोखरेललाई पठाइएको छ । त्यहाँ कार्यरत डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएका थिए ।

    त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणाको काज सरुवा गरिएको छ । यता प्रहरी प्रधान कार्यलयमा कार्यरत भरतबहादुर बोहरालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै