images
images
  • माओवादी केन्द्रले भन्यो– सरकारविरुद्ध संघर्ष गर्ने तयारीमा छौँ

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारविरुद्ध संघर्ष गर्ने तयारी भइरहेको बताएको छ ।

    पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र संघर्ष दुवै संघर्षलाई चर्काउने तयारीमा आफूहरु रहेको बताएका हुन् ।

    मंगलबार पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको भन्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए ।

    उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोज्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको पनि बताए ।

    प्रवक्ता सापकोटाले भने, ‘भ्रष्टाचारका फाईलहरु बन्द भइराखेका छन् । लोकतन्त्रको पक्षमा पनि दुई दलीय यो सरकार त्यति इमान्दार देखिएन । अब यो जनजीविकाको सवालमा पनि अब त्यति इमान्दार र गम्भिर देखिएन । त्यसकारण यी तीन वटै पक्षमा जनताका असन्तुष्टिहरु बढ्दैछन् ।’

    प्रवक्ता सापकोटाले सरकार राष्ट्रियताको सवालमा पनि गम्भिर नभएको आरोप लगाए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै