images
images
  • राजधानीमा सकियो तीज अन दी वाल

    काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तीब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तीज अन द वाल (स्पोर्ट क्लाइमिंग) भएको छ । हरेक वर्ष नेपाली महिलाहरुको महान चाड तीजको उपलक्ष्यमा तीज अन द वाल भएको हो ।

    संस्कृति र साहस सँगसँगै भन्ने नाराको साथमा भएको तीज अन द वाल कार्यक्रममा यो पटक नेपाली सेनाका विभिन्न विधाका खेलाडीहरुले भाग लिएका थिए । साहसिक खेल स्पोर्ट क्लाइम्बिडको प्रवद्र्धन गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न विधाका महिलाहरुलाई कार्यक्रममा सहभागी गराउँदै आएको छ । महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराएकी हुन् ।

    तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तीज अन दी वाल सुरु गरिएको उनले बताइन् । तीजमा भगवना शिवलाई पाउन पार्वती माताले कठोर तपस्या पछि प्राप्त गरेको कथा छ । त्यस्तै हामीेले आफ्नो कुनै पनि लक्ष्य प्राप्त गर्न पार्वती माताले जस्तै कठोर भन्दा कठोर संघर्ष पछि मात्र लक्ष्य र सफलता प्राप्त गर्न सकिने सन्देश दिन कार्यक्रम गर्दै आएको जनाइएको छ । माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै