images
images
  • पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

    काठमाडौं–नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन्।

    बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो।

    तीन जनाको नाममाथि बोर्डको सञ्चालक समितिको बिहीबारको बैठकमा छलफल गरी जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । जोशीले यसअघि पनि सीइओको रुपमा काम गरिसकेका छन् ।

    तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओबिहीन थियो । त्यहाँ सीइओ नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले ०८० चैत २४ मा सीइओकालागि दर्खास्त आव्हान गरेको थियो ।

    ६४ जना कर्मचारी रहेको बोर्डको सीइओकालागि पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष संलग्न भएको र स्नातकोत्तर उत्तिर्ण गरेको मापदण्ड राखिएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै