images
images
  • अरनिको यातायातले दसैँ अग्रिम टिकट बुकिङ खुला गर्‍यो

    काठमाडौँ । अरनिको यातायातले अग्रिम टिकट बुकिङ खुला गरेको छ । दसैँलाई लक्षित गर्दै अरनिको यातायातले भदौ २० गतेदेखि टिकट बुकिङ खुला गरेको हो ।

    सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार सोमबारसम्म २० प्रतिशत टिकट बुकिङ भइसकेको छ ।

    उनका अनुसार अरनिको यातायातका गाडी बागमती प्रदेशका सबै जिल्ला, कोशी प्रदेशका भोजपुर, खोटाङ, झापा, इलाम, पाँचथर तेह्रथुम र पश्चिमतर्फ रुकुम, रोल्पा, बागलुङ लगायत जिल्लामा चल्छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै