काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्ष गर्ने चेतावनी दिएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरा समाचारहरुमा आएको उल्लेख गर्दै त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिए ।
उनले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए । प्रमुख सचेतक परियारले सत्तारुढ दलहरुले संख्याको बलमा जे पनि गर्न खोज्छ भने आफूहरुले त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत बताए ।
उनले भने,हामीले खवर मात्रै सुनेका छौं । तपाईहरुका फोटो पनि बग्रेल्ती आएका छन । समाचारहरु पनि आएका छन । संख्यामा नाउमा मात्रै, शक्तिको आडमा मात्रै यो राज्य चल्छ । र यो राज्यमा जे पनि गर्न सकिन्छ भन्ने तपाईहरुको बुझाई हो भने म एकचोटी विनम्रताका साथ अनुरोध गर्न चाहन्छु–जनताको सार्वभौमसत्ताको अगाडि कुनैपनि सत्ता टिकेको छैन, टिक्ने छैन भन्न चाहन्छु । ’
आफ्नो पार्टीसँग द्वेष साँधेर सत्तारुढ दलहरुले उपसभामुख रानालाई पदबाट हटाउने हो भने त्यो मान्य नहुने उनको भनाई छ । प्रमुख सचेतक परियारले उपसभामुख रानालाई पदबाट हटाउन खोजिए सरकार विरुद्ध आम जनता सडकमा ओर्लने दाबी समेत गरे ।
प्रमुख सचेतक परियारले लोकतन्त्रमा सत्ता र शक्तिको आडमा जे पनि गर्न सकिन्छ भन्ने भ्रमण सरकारले पाल्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्