images
images
  • पूर्व मुख्यमन्त्री कार्कीको तोडियो अनसन

    काठमाडौँ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै अस्ती मङ्गलबारदेखि शुरू गरेको अनसन गए राति तोडेका छन् । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी र कार्कीबीच लिखित सहमति भएपछि अनसन तोडिएको हो ।

    अनसनप्रति प्रदेश सरकारले गम्भीर ध्नाकर्षण भएको जनाउँदै जायज मागहरु पूरा गर्ने र कतिपय माग प्रदेश सरकारको बजेटमा उल्लेख गरी रकम समेत विनियोजन भइसकेको र कार्यान्वयनको तहमा रहेको सहमतिपत्रमा उल्लेख छ । सम्बोधन हुन नसकेका मागहरुलाई सरकारले पूरा गर्ने जनाएको छ । नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा उनले अनसन तोडेका हुन् ।

    थापा र कोइरालासँग पूर्व मुख्यमन्त्रीका मागका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्तम कार्कीले छलफल गरेका थिए । दिनभरि भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेकोमा मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पारेका थिए । पूर्व मुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा शुरू गरेका कार्यक्रम कटौती भएको भन्दै त्यसको बिरोधमा आमरण अनसन शुरू गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै