images
images
  • त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा-माला लैजान प्रतिबन्ध

    काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।

    सुरक्षा जाँचका क्रममा एक्स-रेहरू, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी खादा-माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।

    कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला-खादा छाडेर जाने गर्नाले विमानस्थलको सुन्दरतामा नकारात्मक असर पुग्ने गरेको उल्लेख छ । यात्रुले खादा-माला सँगै लानुपर्ने भए झोलाभित्र नदेखिने गरि राख्न पनि भनेको छ ।

    ‘हवाई यात्रु महानुभावहरूले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलस्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा बिदाइस्वरूप साथमा ल्याउने या ब्यागमा झुन्डाएर ल्याउने खादा-मालाले सुरक्षा जाँचका क्रममा विमानस्थलको सुरक्षा उपकरणमा अड्किएर क्षति पुर्‍याइ रहेको छ । यात्रुले खादा-माला विमानस्थलमा छाडेर जाने गर्नाले यहाँको सुन्दरतामा नकारात्मक असर पुग्ने गरेको छ । त्यसैले विमानस्थल टर्मिनल भवन प्रवेशका क्रममा सुरक्षा जाँच समयावधिभर माला-खादा आदि वस्तु प्रयोग नगरीदिन हुन अनुरोध छ । यदि सँगै लानु पर्ने भएमा आफ्नो झोलाभित्र नदेखिने गरि राखिदिनु हुन यात्रु महानुभावमा कार्यालय अपिल गर्दछ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै