images
images
  • बुद्ध एयरको उडान U4 655 मा टेक्निकल समस्या

    काठमाडौं, असोज २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो २:४० बजे बुद्ध एयरको उडान U4 655 मा टेक्निकल समस्या आएको छ।

    विमान उडानका लागि रनवेमा पुगेपछि केही प्राविधिक समस्या देखिएको भन्दै पछि विमानलाई फेरि ट्याक्सीवेमा फर्काइएको थियो। विमानको प्राविधिक समस्याका कारण यात्रुहरूले असुविधा झेल्नु परेको छ।

    विमानमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ भने प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ।

    विमानस्थल स्रोतका अनुसार समस्या के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। विमानस्थलमा अहिले अन्य उडानहरू प्रभावित भएका छैनन्। बुद्ध एयरले आफ्नो उडान तालिका परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै