images
images
  • संसदको वर्षे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

    काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भोलि सोमबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । संसदमा प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रले नाराबाजी गर्दै आएको छ ।

    माओवादीको अवरोधका कारण आजका लागि बोलाइएको बैठक पनि स्थगित भएको छ । बैठक भोलीका लागि फेरी बोलाइएको छ ।

    भोलीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने तयारी गरेका छन् । सङ्घीय संसद्को चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै