काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले धेरै सहकारीहरू नियम अनुसार नचलेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै उनले सहकारीका साधारण सभा, ल्याप्चे, ऋण प्रवाह पनि फेक भएको दाबी गरे ।
‘सबै फेक छन् । धेरै सहकारीमा ऋण पनि फेक भएको छ । सही किर्ते छ । मैले प्रतिवेदनमा पनि समावेश गरेको छु । उनले उदाहरण दिँदै भने, ‘गायक रामकृष्ण ढकाल पनि फेकको सिकार हुनुहुन्छ । डिभोर्ससमेत फेक भएका छन् ।’
उनले गोरखा मिडियाबारे केही बोले भने रास्वपा सभापति रवि लामिछानेको बारेमा भने केही बोलेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्