images
images
  • सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ : लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगिमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन् ।

    सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अनुसार आफु सहकारी ठगिमा संलग्न नभएको पुष्टि भएको बताएका हुन् ।

    उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफु प्रवन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरुको भने आफु भागिदार हुने स्पष्ट पारे ।

    उनले भने, ‘अझैपनि भाष्य निर्माण गर्नलाई त्यहाँबाट गएको पैसा त्यसले चलाएको हो नि भनेर भनिएको छ । मैले आएको पैसाको त्यहाँ आन्तरिक प्रशासन चलाउन त्यहाँ चेक नकाटेर एमडीले घाँस काट्ने कुरा आउँदैन नि त । चेक नै काट्ने होला नि । जुन कुरामा लाञ्छना लागेको थियो त्यो कुरामा समितिले स्पष्ट पारेको छ । बाँकी प्रचलित कानुन अनुसार कहीँ कतै गडबढ गरेको भए सजायको भागिदार हुनुपर्छ नि । गोर्खा मिडिया सञ्चालनका क्रममा म बाट गलत भएको रहेछ भने कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा मबाट गल्ती, कमजोरी भएको रहेछ । प्रचलित कानुनका समस्या आएका रहेछन् । कहीँ करका कुरा होलान् के होलान् । त्यसको भागिदार हुनुपर्छ भन्ने कुरामा त भनिहाल्यौँ । त्यसकारणले हामीले सहमती गरेर हस्ताक्षर गर्‍यौँ । नत्र नोट अफ डिसेन्ट लेख्छौँ । आफ्नो कार्यकालमा भएका चिजहरु दुरुपयोग भए कि भएनन् भन्ने कुराको कानुन बमोजिमको जवाफदेहिता दिनुपर्छ भन्ने कुराको कुराबाट भाग्ने मान्छे हामी होइनौँ । सहकारी ठगिमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । पुष्टि भएको छ ।’

    आफूहरु सहकारी पीडतहरुको पक्षमा आवाज उठाइरहने पनि सभापति लामिछानेले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै