images
images
  • हामी सरकारमा जानु नै गल्ती थियो : रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानु गल्ती भएको स्वीकार गरेका छन् ।

    पहिलो राष्ट्रिय भेलाको उद्घाटनमा बोल्दै सभापति लामिछानेले सरकारमा जानु गल्ती रहेको बताए । उनले सरकारमा जान हुँदैन थियो भन्ने कुरा आफूले अहिले आएर महसुस गरेको सुनाए ।

    सभापति लामिछानेले दुई तिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान समेत गरे ।

    उनले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्दै पार्टी नेता कार्यकर्तालाई पनि जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गरे ।

    उनले इलाममा सङ्गठन र रणनीति बनाउन नसक्दा आफूहरू हारेको स्विकार्दै आगामी २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै