images
images
  • कात्तिक ८ भित्र बक्यौता बुझाउन आग्रह,नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार एक सुचना जारी गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो ।

    तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ ।

    बुधवार मात्रै ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो । यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो ।

    हेर्नुहोस् प्राधिकरणले जारी गरेको सूचना

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै