images
images
  • स्वास्थ्य सेवा प्रभावकारी बनाउने सरकारको लक्ष्य हो : स्वास्थ्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई बिहीवार फेलोसिप कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएकोबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

    मन्त्री पौडेलले नेपालमा स्वास्थ्य जनशक्ति अपुग रहेको भन्दै उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प आफूसँग रहेको बताए ।

    उनले तत्काल औपचारिक योग्यता पुर्‍याएर जनशक्ति उत्पादन गर्ने स्थिति नरहेको बताए । उनले उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउनसक्ने क्षमता वृद्धि गर्न जरुरी रहेको बताए ।

    उनले प्रत्यारोपणको क्षेत्रमा मात्रै नभइ अन्य क्षेत्रमा पनि उपलब्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र बिस्तार गर्न आवश्यक रहेको उल्लेख गरे ।

    उनले भने– ‘मानव अंग प्रत्यारोपण केन्द्रमा यो फेलोसिप कार्यक्रम सञ्चालन हुने भएको छ । यो मलाई लाग्छ समग्र स्वास्थ्य क्षेत्रको उपलब्धि हो । हाम्रो स्वास्थ्य जनशक्ति अपुग छ भन्नेकुरा हामी सबैलाई जानकारी छ । हामीसँग उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ हामीले स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प हामीसँग छैन । त्यसैले तत्काल औपचारिक योग्यता पु¥याएर जनशक्ति उत्पादन गर्ने स्थिति छैन । त्यसैले हामीसँग उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउनसक्ने क्षमता वृद्धि गर्न जरुरी छ । यो प्रत्यारोपणको क्षेत्रमा मात्रै होइन, अन्य क्षेत्रमा पनि यसरी हामीसँग उपलब्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गराएर हाम्रो स्वास्थ्य सेवा क्षेत्र बिस्तार गर्न आवश्यक छ ।’

    फेलोसिप कार्यक्रमलाई सातै प्रदेशमा बिस्तार गर्ने सरकारको योजना रहेको बताए ।

    नेपाल मेडिकल काउन्सिलले किड्नी ट्रान्सप्लान्ट सर्जरी र रिनल ट्रान्सप्लान्ट मेडिसाइन गरी दुई क्लिनिकल फेलोसिपहरु एक वर्षका लागि अनुमति दिएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै