images
images
  • बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने निर्णय

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकले काटिएका उद्योगका लाइन जोड्ने निर्णय गरेको छ ।

    मंगलवार बसेको सञ्चालक समितिको बैठकले बक्यौता नतिर्ने उद्योगका डेटिकेटड तथा ट्रंक लाइन जोड्ने निर्णय गरेको हो ।

    डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएको उद्योगहरुको लाइन जोड्न मन्त्रिपरिषद् बैठकले निर्देशन दिएकामा त्यसको कार्यान्वयनको निर्णय सञ्चालक समिति बैठकले गरेको हो ।

    यसअघि प्राधिकरणले गत कार्तिक ८ गते बक्यौता विवाद रहेका सबै उद्योगको लाइन काटेको थियो । आइतबर बसेको मन्त्रिपरिषद् बैठकले टीओडी डाटा बमोजिम १५ दिनभित्र यो विवादको बक्यौता असुल गर्ने निर्णय समेत गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै