काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पुर्याएको योगदानको उच्च मूल्यांकन हुने आयोगले विश्वास लिएको उल्लेख छ ।
आयोगले भनेको छु, ढुंगानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ । नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि पुर्याएको योगदानको आयोग कदर गर्दछ ।’
ढुंगानाले मानव अधिकारको संरक्षण, सम्वर्द्धन र शान्ति प्रक्रियाका सवालमा आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुंगानाको आत्माको चीर शान्तिको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्