images
images
  • सिन्धुपाल्चोक कांग्रेस पार्टी कार्यालय निर्माणमा कसले कति हाले रकम ! (सुचीसहित)

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको नवनिर्मित भवन ‘बि.पी अध्ययन् केन्द्र’ चन्दा संकलन गरेर पूरा गरिएको छ । सदरमुकाम चौतारामा निर्माण भएको उक्त भवन बनाउन कांग्रेस जिल्ला कार्यासमितिले नेता कार्यकर्ताबाट चन्दा सहयोग माग गरेको थियो ।

    कांग्रेसका नेता, कार्यकर्ताले ब्यक्तिगत रकम हालेर उक्त भवन निर्माण गरिएको सभापति जंग बहादुर लामाले जानकारी दिए । नेपाली कांग्रेस पूर्व जिल्ला सभापति रोहिणीराज सिग्देल, पूर्व जिल्ला सभापति भूपेन्द्रबहादुर थापाबाट प्राप्त जग्गामा पूर्व सभापति स्वःबिकास लामाको कार्यालयमा पूर्व महामन्त्री प्रकाशमान सिहंले २०७४ भदौ २५ गते उक्त भवन निर्माणका लागि शिलान्यास गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बाहुलीबाट उक्त भवन र महामानव बि.पी कोइराला, स्वः सभापतिद्धय सिग्देल र लामाको प्रतिमा अननावरण पनि गरिएको थियो ।

    सभापति लामाकानुसार उक्त भवन निर्माणका लागि इन्द्रावती गाउँपालिका–३ हाल चौतारा निवासी भूपेन्द्र थापाले १५ लाख ४९ हजार १५५ रुपियाँ, इन्द्रावती गापा–९ महासमिति सदस्य राजु गोर्खालीले १० लाख, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ५ लाख ६८ हजार ७ सय, सुनकोशी गाउँपालिका–६ का रामशरण भण्डारीले ५ लाख, इन्द्रावती गापा–७ का केशव श्रेष्ठले ४ लाख ८० हजार, इन्द्रावती गापा–५ का दिनेश खरेलले ३ लाख १३ हजार ३३३, उपसभापति तथा भोटेकोशी गापा–१ का दार्जे लामा(हाउडे)ले ३ लाख ११ हजार १११ रुपियाँ, इन्द्रावती गापाका पूर्व अध्यक्ष बंशलाल तामाङले ३ लाख ८ हजार ८ सय रुपियाँ, चौतारा साँगचोकगढी नगरपालिका–७ का रुपक धितालले २ लाख ५१ हजार १०५ रुपियाँ सहयोग गरेका छन् ।

    त्यस्तै इन्द्रावती गापा–३ का उद्धव बाँनियाले २ लाख ४७ हजार ०६७ रुपियाँ, इन्द्रावती गापा–३ का ज्ञानल थापाले २ लाख २२ हजार,२२२, पूर्व जिल्ला उपसभापति तथा इन्द्रावती गापा–२ का शिवबहादुर सुनारले २ लाख ११ हजार, माननीय जिपछिरिङ लामाले १ लाख ५१ हजार, जनसम्पर्क समिति जापनले १ लाख ४७ हजार, चौतारा साँगचोकगढी नगरपालिका–३ का बालसुन्दर कटुवालले १ लाख ३८ हजार, हेलम्बु गापा–२ का निमा लामाले १ लाख २५ हजार, ओम फमास्याटिकल्स ल्याव प्रालि सिनामंगलले १ लाख २५ हजार, त्रिपुरासुन्दरी गापा–५ का मोहनभक्त श्रेष्ठले १ लाख १५ हजार ८ सय, बलेफी गाउँपालिका–१ का युवा समाजसेवी तथा कांग्रेस नेता रामभक्त श्रेष्ठले १ लाख ११ हजार ५५५, हुप्सेकोट–१ नवलपुरका ओम घर्ती मगरले १ लाख ११ हजार १११, इन्द्रावती गापा–२ का तेजबहादुर बानियाँ १ लाख ५ हजार ५५५ रुपियाँ, बलेफी गापा–२ का कृष्णप्रसाद न्यौपानेले १ लाख ५ सय, तरुण दल जिल्ला सभापति तथा जुगल गापा–३ का संजय लामाले १ लाख ५ रुपियाँ ब्यक्तिगत रुपमा सहयोग हालेको सभापति लामाले बताए ।

    रमेश शर्मा(शर्मा कन्ट्रक्सन प्रालि)ले ७५ हजार, इन्द्रावती गापा–६ का सूर्यप्रसाद न्यौपानेले ६६ हजार १११, हेलम्बु गापा–२ का बिजय तामाङले ५० हजार, सोही ठेगानाका जिमी लामाले ५० हजार, क्षेत्रपाटीका पदमलाल गौतमले ५० हजार, बलेफी गाउँपालिका–६ का कांग्रेस युवा नेता गोपाल चौलागाईले ५० हजार, इन्द्रावती गापा–४ का क्षेत्रबहादुर तामाङले ५० हजार, लिसंखुपाखर गापा–७ का महेन्द्र लामाले ४८ हजार ५ सय, चौतारा साँगचोकगढी नगरपालिका–९ का बिमल श्रेष्ठले ३९ हजार, मेलम्ची नगरपालिका–१ का चित्रकुमार चौलागाई(सिके)ले ३५ हजार, लिसंखुपाखर गापा–७ का निमा बम्जनले ३१ हजार, इन्द्रावती गापा–६ का कृष्णप्रसाद न्यौपानेले ३० हजार १ सय, लिसंखुपाखर गापा–२ का सोनाम योञ्जन लामाले ३० हजार, इन्द्रावती गापा–१२ का राजेश रत्न दनुवारले ३० हजार, मेलम्ची नपा–११ का कुमार दुलालले ३० हजार, लिसंखुपाखर गापा–४ का कांग्रेसयुवा नेता देवीराज श्रेष्ठले २९ हजार, भोटेकोशी गापा–४ का देवीबहादुर बुढाथोकीले २५ हजार, इन्द्रावती गापा–६ हाल अमेरिकामा रहेका तिर्थ वाइवाले २५ हजार, नेपाल निजामती कर्मचारी युनियन सिन्धुपाल्चोकबाट २५ हजार, भोटेकोशी गापा–१ का लाक्पा ठिलेन शेर्पाले २५ हजार, त्रिपुरासुन्दरी गापा–४ का कुमार गुभाजुले २५ हजार, लिसंखुपाखर गापा–१ का युवा नेता तिर्थ लामाले २५ हजार, बाह्रबिसे नपा–२ का रमेश लामाले २५ हजार, इन्द्रावती गापा–३ का सुवास तिरुवाले २२ हजार २२२, सृष्टि खड्का हाल अमेरिकाले २१ हजार १११, मन्थली–१४ रामेछापका चन्द्र कुमार वाइवाले २१ हजार, लिसंखुपाखर गापा–७ का माइला तामाङ(निमा)ले २० हजार १ सय, भक्तपुर–१० का गंगालक्ष्मी अवालले २० हजार, नेपाली कांग्रेस बागमती प्रदेशका सह–महामन्त्री तथा बाह्रबिसे नपा–४ का हरिशरणले श्रेष्ठले २० हजार, इन्द्रावती गापा–१० का जिवन थापा मगरले १८ हजार नगद सहयोग गरेका छन् ।

    सुनकोशी गापा–७ का नरेश कार्कीले १५ हजार ५५५मेलम्ची नपा–१ का कृष्णमुरारी चौलागाईले १५ हजार ५५५, इन्द्रावती गापा–६ का ईश्वरीप्रसाद न्यौपाने १५ हजार १ सय, इन्द्रावती गापा–६ का शम्धुबिक्रम थापाले १५ हजार, लिसंखुपाखर गापा–४ का नोबुवाङगेल लामाले १५ हजार, बाह्रबिसे नगरपालिका–८ का वडा अध्यक्ष बिमलप्रसाद पौडयालले ११ हजार ५५५, महाधिबेशन प्रतिनिधि युधिर पौडयालले ११ हजार २१२ रुपियाँ, तरुण दल केन्द्रीय सदस्य नवीन बहादुर श्रेष्ठले ११ हजार १११, पाँचपोखरी थाङपाल गापा–पेम्बा ग्याल्जेन शेर्पाले ११ हजार १११, बलेफी गापा–१ रमेश थापाले ११ हजार १११, जुगल गापा–बिनोद लामाले ११ हजार १११, चौतारा साँगचोकगढी नपा–५ काु बुद्ध घलेले ११ हजार १११, उक्त नगर–१० का निलबहादुर तामाङले ११ हजार १११, भोटेकोशी गापा–४ का देवी बहादुर खड्का(ठूलदाई)ले ११ हजार १११, चौतारा साँगचोकगढी नपा–७ का शिवलोचन पराजुलीले ११ हजार १११, इन्द्रावती गापा–१० का गणेश भट्टराईले ११ हजार १११, पाँचपोखरी थाङपाल गापा–७ का लाक्पा शेर्पा(बिकास)ले ११ हजार १११, भोटेकोशी गापा–१ का चेङगा तामाङ(सुजन)ले ११ हजार १११, मेलम्ची नपा–१० का तारानाथ दाहालले ११ हजार १ रुपियाँ भवन निर्माणमा हालेका थिए ।

    लिसंखुपाखर गापा–४ का डुवा छिरिङ लामाले ११ हजार, बाह्रबिसे नगरपालिका–६ का बल बहादुर शेर्पाले ११ हजार, डा.प्रेमध्वज लामाले १० हजार ५ सय, बलेफी गापा–५ की गीता नेपालले १० हजार ५सय, भोटेकोशी गापा–४ की गेल्मो शेर्पा बुढाथोकीले १० हजार ५ सय, जुगल गापा–२ का दावा जाङबो् शेर्पाले १० हजार ५ सय, जुगल गापा–७ का सुरेश लामाले १० हजार ५ सय, चौतारा साँगचोकगढी नपा–५ का नारायण प्रसाद नेपालले १० हजार ४ सय, इन्द्रावती गापा–९ का सुरेश कृष्ण श्रेष्ठले १० हजार १११, पाँचपोखरी पाँचपोखरी थाङपाल गापा–७ का तुलसी नारायण श्रेष्ठले १० हजार १ सय, चौतारा साँगचोकगढी नपा–का लालबहादुर श्रेष्ठले १० हजार १ सय, लिसंखुपाखर गापा–४ का बिश्व कल्याण लामाले १० हजार १ सय, सुनकोशी गापा–४ की लक्ष्मी पौडेलले १० हजार १ सय, बाह्रबिसे नपा–९ का शम्भु बहादुर तिमल्सिनाले १० हजार १ सय, बलेफी गापा–१ का हरिचन्द्र खड्काले १० हजार १ रुपियाँ, इन्द्रावती गापा–४ का बिलबहादुर तामाङले १० हजार १, इन्द्रावती गापा–६ का अनुप न्यौपानेले १० हजार, जुगल गापा–५ का आकाश लामाले १० हजार, इन्द्रावती गापा–६ का मणिलोचन न्यौपानेले १० हजार, सुनकोशी गापा–६ का रुपकाजी लामाले १० हजार, इन्द्रावती गापा–६ का सजिना श्रेष्ठले १० हजार, पाँचपोखरी थाङपाल गापा–१ का पासाङ दोङले १० हजार, मेलम्ची नपा–३ की सविता गुरुङले १० हजार, पाँचपोखरी थाङपाल–२ का पेम्बा शेर्पाले १० हजार, सोही गापा–८ का बहादुर शेर्पाले १० हजार, चौतारा साँगचोकगढी नपा–१ का सक्रिम लामाले १० हजार, ने बि संघ २०६९ कार्यसमितिले १० हजार, जुगल गापा–५ का श्यामबहादुर थापा मगरले १० हजार, जुगल गापा–६ का टंक तामाङले १० हजार, नेपाल शिक्षक संघ सिन्धुपाल्चोकले १० हजार, हेलम्बु गापा–६ का बोध बिक्रम पण्डितले १० हजार, मेलम्ची नपा–११ का शिव प्रसाद चालिसेले १० हजार, चौतारा साँगचोकगढी नपा–१ का सुनलाल लामाले १० हजार, तमु (गुरुङ) संघ नेपाल सिन्धुपाल्चोकले १० हजार, इन्द्रावती गापा–१० का राज कुमार भट्टराईले १० हजार, चौतारा साँगचोकगढी नगरपालिका–७ का थोप्चेन तामाङले १० हजार र चौतारा साँगचोकगढी नगरपालिका–७ का कृष्ण बहादुर तामाङले १० हजार ब्यक्तिगत सहयोग गरेको सभापति लामाले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै