काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ४ दिन म्याद थप गरेको छ ।जिल्ला अदालतका न्यायाधीशले उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै थप ४ दिन म्याद थपेका हुन् ।
अनुसन्धान प्रक्रिया अझै सम्पन्न नभएकाले प्रहरीले थप १३ दिनको म्याद माग गरेको थियो । तर, अदालतले ४ दिन मात्रै म्याद थप्यो ।
गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई सोही दिन कास्की पुर्याइएको थियो । त्यसयता रुपन्देही र काठमाडौँमा बयान दिएपछि उनलाई गत मङ्गलवार चितवन लगेर पनि बयान लिइएको थियो ।
लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धान भइरहेको छ । विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप उनीमाथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्