images
images
  • प्रचार विभाग उपप्रमुख अर्यालद्धारा श्रमिक आन्दोलनमा ऐक्यवद्धता

    काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले सरसफाइमा कार्यरत ३७ जना श्रमिकलाई निष्कासन गरेको विषयमा नेकपा (एकीकृत समाजवादी) सम्मानित पोलिट्ब्यूरो सदस्य तथा पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले  ऐक्यवद्धता जनाउनु भएको छ।

    कोषको मुल गेटमा श्रम अदालतको फैसला कार्यान्वयनको मागगर्दै निसर्त काममा लगाउन माग गर्दै धर्नामा रहेका श्रमिकहरूको आन्दोलनप्रति शुक्रबार उपप्रमुख अर्यालले प्रचार विभागको तर्फबाट प्रतिनिधित्व गर्दै ऐक्यवद्धता जाहेर गर्नुभएको हो।

    २०८१ पुस ४ गते श्रमिकले श्रम अदालत भक्तपुरमा आफूहरूलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन अन्तरिम आदेश माग गर्दै 081-AP-0026 नम्बरको मुद्दा दर्ता भएको थियो। सम्मानित श्रम अदालतबाट पुस ५ गते यथास्थितिमा काम लगाउन अल्पकालीन अन्तरकालीन आदेश जारी गरि पुस ११ गते दुबै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो। पुस ११ गते दुबै पक्षको बहस पछि पुस १८ गते छलफलको पेशी तोकी अल्पकालीन अन्तरकालिन आदेशलाई निरन्तरता दिएको छ।

    पुस १८ गते दुवै पक्षको बहस पछि सम्मानित श्रम अदालत भक्तपुरले नियमित काममा लगाउने पुस ५ गतेको अन्तरकालिन आदेशलाई निरन्तरता दिएको छ।

    श्रमिकले अदालतको आदेशको प्रतिलिपी सहित आफूहरूलाई हाजिर सहित काममा लगाउन पशुपति क्षेत्र बिकास कोषमा ०८१/९/७ मा दर्ता नम्बर १३८२, ०८१/९/१२ मा दर्ता नम्बर १४२६ र ०८१/९/१९ मा दर्ता नम्बर १४८४ मा दर्ता गरे पनि हालसम्म हाजिर लगाई काममा लगाएको छैन।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै