images
images
  • माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । संसद् बैठक आह्वान गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

    बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

    प्रमुख सचेतक हितराज पाण्डेकाअनुसार माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको छ । ‘बिहीबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ,’ उनले भने, ‘पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।’

    केपी ओली सरकारको ६ महिना असफल भएको माओवादीको निष्कर्ष रहेको छ । प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका प्रचण्डले विपक्षी ७ दलको बैठक बोलाएर सरकारमाथि दबाब दिने रणनीति बनाएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै