
काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसा राज्यका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोन फोनवार्ता गरेकी छन् । केहि दिन अघि कलिंङ्गा इन्टिच्यूट अफ इन्डस्टियल टेक्नोलजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणबारे माझीसँग निष्पक्ष छानबिनको माग गरेकी छन् ।
परराष्ट्रमन्त्री देउवाले दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न तथा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि विशेष ध्यान दिन आग्रह गरेकी छन् । उनले नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरे पनि स्थायी रूपमा हटाउनका लागि ओडिसा सरकारलाई पहल गर्न अनुरोध गरिन् ।
मुख्यमन्त्री माझीले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै दोषीमाथि कारबाही गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् । उनले ओडिसा सरकारले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन समेत दिएको मन्त्री राणाले फेसबुक मार्फत जानकारी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्