
काठमाडौं । अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्धको तयारी गरेको छ । ट्रम्प प्रशासनका अधिकारीहरूले त्यसमा गृहकार्य गरिरहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ । ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ देशको सूची तयार गरेका हुन् ।
प्रस्तावित सूची विदेश विभागका अधिकारी तथा अन्य विभाग र गुप्तचर एजेन्सीहरूका सुरक्षा विशेषज्ञहरूले मस्यौदाको समीक्षा गरिरहेको भनेर न्युयोर्क टाइम्सले लेखेको छ । उनीहरुले यात्रा प्रतिबन्ध लगाउनुपर्ने कारणमा लेखिएको विवरण पर्याप्त छ वा छैन भन्ने विषयको पुनरावलोकन गरिरहेका छन् । सूची अनुसार लागू भए ४३ देशका नागरिकहरूले अमेरिका यात्रा गर्न पाउने छैनन् । यद्यपि उक्त सूचीलाई रातो, सुन्तला र पहेंलो गरी तीन भागमा विभाजन गरिएको छ ।
रातो सूचीमा परेका देशका नागरिकहरुलाई पूर्ण रूपमा यात्रा प्रतिबन्ध लगाइने छ । सुन्तला रङको सूचीमा रहेका देशहरूमा आंशिक प्रतिबन्ध लगाइनेछ । त्यस्ता देशका नागरिकहरूलाई आप्रवासी वा पर्यटक भिसामा यात्रा गर्ने पाउने छैनन् । धनी र व्यवसायिक यात्रुहरू भने जान पाउने छन् । पहेंलो सूचीमा रहेका देशहरूलाई सुरक्षा लगायतका मापदण्ड पूरा गर्नका लागि ६० दिनको समय दिइएको न्युयोर्क टाइम्सले जनाएको छ ।
रातो सूची (पूर्ण प्रतिबन्धित देशहरू)
- अफगानिस्तान
- भुटान
- क्युबा
- इरान
- लिबिया
- उत्तर कोरिया
- सोमालिया
- सुडान
- सिरिया
- भेनेजुयला
- यमन
सुन्तला सूची (आंशिक प्रतिबन्धित देशहरू)
- बेलारूस
- इरिट्रिया
- हाइटी
- लाओस
- म्यानमार
- पाकिस्तान
- रसिया
- सियर्रा लियोन
- दक्षिण सुडान
- तुर्केमेनिस्तान
पहेंलो सूची (सुरक्षा मापदण्ड पूरा गर्न समय दिइएका देशहरू)
- एंगोला
- एन्टिगुआ एन्ड बार्बुडा
- बेनिन
- बुर्किना फासो
- क्यामरून
- केप भर्डे
- चाड
- रिपब्लिक अफ कंगो
- डेमोक्र्याटिक रिपब्लिक अफ कंगो
- डोमिनिका
- इक्वेटोरियल गुएना
- गाम्बिया
- लाइबेरिया
- मलावी
- माली
- माउरीटानिया
- सेन्ट किट्स एन्ड नेविस
- सेन्ट लुसिया
- साओ टोम एन्ड प्रिन्सिप
- भानुआटा
- जिम्बावे
प्रस्तावित सूचीको अन्तिम स्वीकृति भएमा यी देशका नागरिकहरूलाई अमेरिकी भिसा प्राप्त गर्न कठिनाइ हुन सक्छ । यस प्रतिबन्धले विश्वव्यापी यात्रामा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्