
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजसंस्था समर्थितहरूले जनतालाई रैती बनाउन कोसिस गरिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् ।
राजधानीमा बाम विश्लेषक श्याम श्रेष्ठको पुस्तक विमोचन गर्दै उनले संविधानले सार्वभौमसत्ता जनतामा सुम्पिएको भन्दै जनतालाई रैती बनाउने अभियान सफल हुन नदिने बताएका हुन् ।
‘नेपालको संविधानले केही कुरा अपरिवर्तनीय भनेको छ । जनतामा निहित सार्वभौमसत्ता पनि अपरिवर्तनीय हो । राजवादीहरूले जनतालाई फेरि रैती बनाउने षड्यन्त्र गरिरहेका छन् । त्यो अभियान सफल हुन दिनेछैनौँ,’ उनले भने ।
‘अहिले फेरि प्रतिक्रियावादीहरूले केही मान्छेलाई उचालेर जनताको लामो सङ्घर्षपछि प्राप्त उपलब्धिमा प्रहारको कोसिस गरिरहेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका निर्वाह गरेकाहरू उपलब्धिको रक्षामा केन्द्रित हुनुपर्ने बेला आएको छ,’ उनले भने ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गर्ने कोसिस भइरहेको भन्दै उनले त्यसको रक्षाको दायित्व गणतन्त्रवादीहरूमा आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्