
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोले दुई तिहाइको सरकारलाई गाह्रो पर्ने बताएका छन् ।
शुक्रवार काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । उनले समय आएपछि बोल्ने समेत बताए ।
‘म आवेग र उत्तेजनामा छैन । अहिले मैले बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला । बोल्यो भनेर गाह्रो भएको पनि होला, जब बोल्ने समय आउँछ तब केहीको बोली नै बन्द हुने अवस्था आउँछ’, उनले भने ।
उनले मुलुकमा गम्भीर अवस्था आएको पनि बताए । उनले अहिलेको सरकार नाङ्गिएको दाबी गर्दै सरकारको लाज छोपिदिन मात्र आफू विभिन्न जिल्ला अदालत पुगिरहेको समेत बताए । ‘समय आउँदै छ, म सबैलाई भन्न चाहन्छु ‘गेट रेडी फर द रेभुलेशन’।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्