images
images
  • १५ चैतका प्रदर्शनबारे सुरक्षा सतर्कता : पूर्वराजा समर्थक र प्रसाईंको आन्दोलनप्रति गृह मन्त्रालयको चासो

    काठमाडौं । १५ चैतमा काठमाडौंमा हुने विभिन्न राजनीतिक प्रदर्शनलाई ध्यानमा राख्दै गृहमन्त्रालयमा आइतबार उच्चस्तरीय सुरक्षा बैठक बसेको छ। बैठकमा सम्भावित अवाञ्छित घटनाबारे गहिरो छलफल गरिएको गृह स्रोतले जनाएको छ।

    गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए। बैठकको केन्द्रबिन्दु भने पूर्वराजा समर्थक समूह र दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा देखिन सक्ने सुरक्षा चुनौती थियो।

    १५ चैतका लागि दुईवटा ठूला प्रदर्शनको तयारी भइरहेको छ—एकातिर नेकपा माओवादी केन्द्र पनि सहभागी समाजवादी मोर्चाको भृकुटीमण्डप केन्द्रित कार्यक्रम, अर्कातिर प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ अन्तर्गत तीनकुनेमा हुने प्रदर्शन।

    स्रोतका अनुसार, खासगरी पूर्वराजावादी धारका समूहको क्रियाशीलता र आन्दोलनमा देखिन सक्ने उत्तेजना एवं भिड व्यवस्थापनप्रति सुरक्षा संयन्त्र गम्भीर देखिएको छ।

    बैठकले शान्तिपूर्ण प्रदर्शनको सुनिश्चितता, भिड नियन्त्रण रणनीति, संवेदनशील क्षेत्रको निगरानी र सूचना आदानप्रदानमा जोड दिने निर्णय गरेको बताइएको छ।

    राजनीतिक ध्रुवीकरणबीच हुने यी प्रदर्शनले काठमाडौंको सुरक्षा चुनौती बढाउने आँकलनसँगै सरकार र सुरक्षा निकाय सक्रिय बनेका छन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्