
सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको आव्हानमा सम्पूर्ण डट्स केन्द्रहरुले समुदायस्तरमा जनचेतना अभिवृध्दि कार्यक्रम संचालन गर्दै विश्व क्षयरोग दिवस २०२५ मनाइएको छ ।
बाह्रबिसे नगरपालिका क्षयरोग मुक्त अभियान संचालनमा रहेको पालिकामध्ये एक हो। बाह्रबिसेमा हाल समुदायमा सकृय क्षयरोगीको खोज परिक्षण, समुदायको साझेदारीमा जनचेतना अभिवृद्धि जस्ता कार्यक्रमहरु नियमित चलिरहेको बाह्रबिसे नगर अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् ।
‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौ । लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवस्यकता” भन्ने मुल नाराका साथ बाह्रबिसे नगरपालिका भित्र रहेका ६ वटा डट्स केन्द्रहरुले स्थानिय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, क्षयरोगका पूर्व बिरामी र स्थानिय सरोकारवाला निकाय र स्थानिय बासीहरुको उपस्थितीमा क्षयरोगको निदान, उपचार व्यवस्थापनबारे अन्तरक्रिया गरिएको छ । कार्यक्रम संचालन पश्चात क्षयरोग नियन्त्रणमा राजनैतिक र सामाजिक प्रतिवद्धता का साथै साझेदारीको अपेक्षा गरिएको बताइएको छ ।
सन २०३५ सम्ममा क्षयरोगको महामारी नियन्त्रण र सन २०५० सम्ममा क्षयरोग उन्मुलनको राष्ट्रिय उदेश्यलाई पुरा गर्न यस्ता कदमहरु अत्यावश्यक हुने गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्