images
images
  • कुलमानलाई हटाउने निर्णय फिर्ता लिन सरकारसँग माओवादी केन्द्रको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

    विचौलिया र दलालहरूको स्वार्थमा यस्तो निर्णय गरको आरोप लगाउँदै माओवादीले कुशासनको पछिल्लो दृष्टान्त भएकोसमेत बताएको छ ।

    विज्ञप्ति जारी गर्दै पार्टीले यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास श्रृजना गर्ने उद्देश्यले गरिएको उल्लेख गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ । कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ ।”

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको थियो, जसको चौतर्फी आलोचना भइरहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्