
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनामा प्रहरीले घातक हतियार प्रयोग गरेको बारे अनुसन्धान अघि बढाएको छ ।
प्रहरीको गोप्य प्रतिवेदनले प्रदर्शन दबाउनका लागि ११० राउन्ड गोली प्रहार गरेको र तीमध्ये ८१ राउन्ड गोली भीड नियन्त्रणका लागि निषेधित हतियारबाट चलाएको औँल्याएपछि आयोगले यसमा गम्भीरताका साथ अनुसन्धान अघि बढेको बताएको हो ।
मानवअधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले घटनामा प्रहरीको बल प्रयोगलाई आयोगले नजरअन्दाज नगरेको उल्लेख गरे । बल प्रयोगको सिद्धान्तबारे जानकार विज्ञ, घातक हतियारबारे जानकार विज्ञ समेतलाई राखेर आयोगले अनुसन्धान सुरु गरेको नेपालभ्युजलाई जानकारी दिए । ‘तीनकुने घटनामा भएको बल प्रयोगलाई आयोगले नजरअन्दाज गरेको छैन । सुरक्षा विज्ञहरूलाई समेत राखेर हामीले अनुसन्धान अघि बढाइसकेका छौँ,’ उनले भने ।
सचिव खरेलले आयोगका तर्फबाट अनुसन्धानमा खटिएका विज्ञको विवरण भने उपलब्ध गराएनन् । ‘हामीले निष्पक्ष अनुसन्धानका लागि विज्ञहरूको छनौट गरेका छौँ । उहाँहरूको विवरण सार्वजनिक गर्दा राजनीतिक दबाब पर्न सक्ला त्यसले निष्पक्ष अनुसन्धानमा पनि बाधा पुर्याउन सक्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्