images
images
  • नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा रेशम तामाङ चयन

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । नेपाल लोकतन्त्रबादी आदिबासी जनजाती महासंघ जिल्ला कार्यसमितिको सिन्धुपाल्चोकको प्रथम अधिबेशनबाट सर्वसहमत रुपमा अध्यक्षमा रेशम बहादुर तामाङ चयन भएका छन् ।

    चैत २८ गते विहिवार चौतारामा सम्पन्न प्रथम अधिबेशनले तामाङको नेतृत्वमा ३६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

    जिल्ला कार्यसमितिको उपाध्यक्षमा बिजय तामाङ, सोना ब तामाङ, सचिवमा सनक बहादुर तामाङ, बिमल श्रेष्ठ, सह–सचिवमा कमलध्वज तामाङ, सुजन दनुवार, कोषाध्यक्षमा मिङमार शेर्पा चयन भएका हुन् । भने, सदस्यहरुमा सुर्य तामाङ, रविन तामाङ, विनय तामाङ, निमा ग्याल्बो तामाङ, सानोकाजी श्रेष्ठ, कृष्णहरि श्रेष्ठ, जयराम श्रेष्ठ, सानुबाबु तामाङ, सोम लामा चयन भएका छन् ।

    त्यस्तै अन्य सदस्यहरुमा पेम्बा शेर्पा, संतोष तामाङ, प्रकाश श्रेष्ठ, बिरलाल तामाङ, दावा दोर्जे तामाङ लामा, अर्जुन भुजेल, पासाङ दोर्जे तामाङ, उर्केन लामा, देव तामाङ, धाकाजी तामाङ, पूर्ण ब श्रेष्ठ, पार्वती थामी, निमादोर्जे शेर्पा, दिक्पाल तामाङ, छिरिङ तामाङ, श्याम ब तामाङ, देव जिरेल र सुन्दर श्रेष्ठ चयन भएका छन् ।

    समितिको पदाधिकारी र सदस्यहरुलाई नेपाली काँग्रेस बागमती प्रदेशका सह–महामन्त्री हरिशरण श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्