images
images
  • नोबेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसाको निधन

    काठमाडौं । प्रसिद्ध साहित्यकार तथा साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त लेखक मारियो वर्गस ल्वोसाको निधन भएको छ ।

    ८९ वर्षको उमेरमा आइतबार पेरुको राजधानी लिमामा ल्वोसाको निधन भएको हो । ल्वोसाका पारिवारिक सदस्यहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर सूचना जारी गर्दै उनको निधन भएको जानकारी दिएका छन् ।

    ८९ वर्षे जीवनमा पत्रकार, राजनीतिक अभियन्ता, नेता तथा लेखकको रूपमा रहेका ल्वोसा ल्याटिन अमेरिकी लेखकहरूमा उम्दा लेखक हुन् । तनावपूर्ण पारिवारिक वातावरणमा हुर्केका उनको बाल्यकाल आमाको साथमा आफ्नो मामाघरमा बितेको थियो ।

    कलिलो उमेरबाटै लेखनमा सक्रिय ल्वोसाले सन् १९६३ मा लेखेको उपन्यास ‘द टाइम अफ द हिरो’बाट एकाएक चर्चा र विवादको घेरामा पुगे । पेरुको सेनामा हुने गतिविधि तथा त्यहाँका प्रवृत्तिलाई लिएर लेखिएको उपन्यास आम मानिसहरू माझ असाध्यै लोकप्रिय भएको थियो ।

    सन् २०१० मा साहित्यको लागि उनले नोबेल पुरस्कार जितेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्