
काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशन दिएमा आफू सभापति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
खतिवडाले शुक्रबार केन्द्रीय समिति बैठकमा विवादित विधेयकबारे उठेको प्रश्नको सन्दर्भमा आफू जिम्मेवारी लिन तयार रहेको बताएका हुन् । खतिवडाले भने, ‘सभापतिको हैसियतमा मेरो पनि गल्ती छ । पार्टीले बाहिर बस् भने म बाहिर बस्न तयार छु ।’
संघीय निजामती सेवा सम्बन्धी विधेयकको दफा ८२ मा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान समितिबाट पारित भएको भन्दा फरक रुपमा संशोधित भएपछि खतिवडा विवादमा तानिएका हुन् ।
सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले नै समितिको गरिमा कमजोर बनाउने कार्य भएको भन्दै खतिवडाको राजीनामा माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्