images
images
  • सभापति खतिवडा र सचिवले राजीनामा दिनुपर्छ : माधव सापकोटा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताएका छन् ।

    मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मंगलवार नै छानविन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ ।

    सोही बारेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सापकोटाले समितिले गम्भीर त्रुटीका रुपमा लिएको बताए । समिति सभापति र सचिवले नियतजन्य रुपमा गरिएको आरोप लगाए ।

    उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहष्मय रहेको र पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको समितिको निष्कर्ष रहेको बताए । ‘हामीले गम्भीर त्रुटी भनेका छौँ, यसलाई मानवीय त्रुटीका रुपमा लिन सकिँदैन । त्यो नियतजन्य रुमपा गरिएको कमजोरी हो । त्यसलाई नियतजन्य रुपमा जानाजान नै छेडखानी गरिएको छ’ उनले भने ।

    कानूनतः प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने र नैतिक रुपमा राजीनामा दिनुपर्ने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै