images
images
  • स्वास्थ्य मन्त्रालयले जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

    काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ ।

    गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ ।

    घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा शर्माले जानकारी दिए ।

    उनले भने, ‘विशेषज्ञको टोलीसहित हामीले अध्ययन गरिरहेका छौँ । चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।’

    स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै