images
images
  • संघीयता कार्यान्वयनमा बल पुग्नेगरी विधेयक प्रस्तुत गर्नुपर्छ: उपाध्यक्ष पाण्डे

    काठमाडौँ। प्रतिनिधिसभा सांसद तथा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले संघीयता कार्यान्वयनमा बल पुग्ने गरी विधेयक प्रस्तुत गर्नुपर्ने बताउनु भएको छ।

    बिहिबार प्रतिनिधिसभा बैठकको विशेष समयमा पार्टीका तर्फबाट धारणा राख्दै उपाध्यक्ष पाण्डेले संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पुग्ने विधेयक पेश गर्नुपर्ने बताउनु भएको हो।

    ‘यो अधिवेशनमा संघीयताको कार्यान्वयनलाई बल पुर्‍याउन सकिने गरी त्यस्ता विधेयकहरु प्रस्तुत भएका छन्। विशेष गरी संघीय निजामती विधेयक, प्रहरी समायोजनसम्बन्धी विधेयक पनि यस अधिवेशनमा अगाडि बढन सकोस,’ पाण्डेले भन्नुभयो।

    पाण्डेले संसदको चालु अधिवेशनमा सरकारले प्रिबजेट सम्बन्धी छलफल भएर बजेट निर्माणमा नयाँ परम्पराको सुरूवात गर्न लागेकोसमेत जानकारी दिनुभयो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै