images
images
  • शुभप्रभात साकोसद्वारा बृहत रक्तदान आयोजना, १२० जनाले गरे रक्तदान

    सिन्धुपाल्चोक । जिल्लाकै उत्कृष्ट सहकारी शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाह्रबिसे नगरपालिका–९ राम्चेले शुक्रबार आयोजना गरेको खुल्ला रक्तदानमा एक सय २० जनाले रक्तदान गरेका छन् ।

    जनप्रतिनिधि, संस्थाका कर्मचारी, सामाजिक ब्यक्तित्व, स्थानीय, सुरक्षाकर्मी र संस्थाको सदस्य लगायतले रक्तदान गरेको उक्त सहकारीका अध्यक्ष बिकासकाजी श्रेष्ठ जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी बाह्रबिसे उपशाखाको प्राबिधिक सहयोगमा सो सहकारीको १६ औं स्थापना दिवस तथा विश्व रक्तदाता दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
    हालसम्म २४ औं पटक रक्तदान गर्नु भएका युधिर पौडेलले मृत्यु र जीवनको दोसाँधमा रहेका बिरामीलाई रगत दिएर बचाउनका लागि रक्तदान गरेको बताए ।

    उक्त सहकारीले रक्तदान कार्यक्रमका साथै ७० बर्ष पुरा भएका ६५ जना जेष्ठ सदस्यलाई खादा, सम्मानपत्र, छाता र नगद सहित सम्मान, आफ्नो कार्यक्षेत्र भित्रका विद्यायलमा अध्ययनरत गरिव तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ । सदस्य दुर्घटना वीमाबाट स्वर्गीय हिना जिरेलका पितालाई एक लाख रुपियाँ प्रदान गरिएको व्यवस्थापक सुरेन्द्र तिवारीले बताउनुभयो । क्यान्सर पीडित सदस्यद्धय चन्द्रबहादुर थामी र सञ्चमाया श्रेष्ठलाई जनही दश दश हजार नगद सहयोग गरिएको छ ।

    सामाजिक उत्तरदायित्व अन्र्तगत शारदा माध्यमिक बिद्यालयका निमा तामाङ, जेनिश श्रेष्ठ, केसिका नेपाल, भद्रकाली माबिका प्रविन गुरुङ, सुनकोशी माबिका हिमानी गुरुङ, क्षमादेवी माबिका मनिष भण्डारी, महेन्द्रप्रताप माबिका सञ्जिता थामी, राम माबिका सुमित्रा थामीलाई छात्रवृत्ति प्रदान गरिएको निर्वतमान अध्यक्ष उद्धव बहादुर तिवारीले बताउनु भएको छ ।

    स्थापनादेखि नै सो सहकारीले सामाजिक कार्यका साथै बित्तिय कारोबारबाट सदस्य जीवनयापनमा समृद्धि ल्याएको कोषाध्यक्ष बिकास पौडेलले जानकारी दिनुभयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै