images
images
  • बागमतीको आगामी बजेट ६४ अर्ब ५४ करोड (पूर्णपाठ)

    काठमाडौं– बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशका आर्थिक मामिला मन्त्री जगन्‍नाथ थपलियाले प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गरेका हुन्‌ ।

    बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो । मन्त्री थपलियाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा झण्डै २ अर्ब रुपैयाँ बढीको बजेट अनुमान पेश गरेका हुन्‌ ।

    २६ अर्ब १० करोड १६ लाख ८२ हजार चालू र ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार पूँजीगत बजेट छुट्याएको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

    कर राजस्वबाट २७ अर्ब ५८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय सरकारबाट वित्तीय हस्तान्तरण बापत पाउने रकमबाट १५ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ स्रोत जुटाउने प्रदेश सरकारको लक्ष्य छ ।

    यसैगरी; चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषमा रहेको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार रुपैयाँ व्यवस्थापन हुने बताइएको छ ।

    बागमती प्रदेशको बजेट पूर्णपाठः

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै