images
images
  • लुम्बिनी प्रदेशको आगामी बजेट ३८ अर्ब ९७ करोड (पूर्णपाठ)

    काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट अनुमान प्रस्तुत गरेको छ ।

    प्रदेश सभा बैठकमा आज (शनिबार) आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको आयव्यय अनुमान पेश गरेका हुन्‌ ।

    प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि भने बजेट आकार १ अर्ब ५० करोड ९७ लाख रुपैयाँले घटाइएको छ ।

    आगामी बजेटमा योजनामन्त्री आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पूँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेका छन्‌ ।

    प्रदेश सञ्चित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश सञ्चित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उनले जानकारी दिएका छन्‌ ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै घरमा खानेपानीका धारा पुर्‍याउने, कृषि, सिँचाइ, पर्यटन, खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिइने र सिँचाइ तथा विद्युतीकरणमा जोड दिने जनाएको छ ।

    बजेटको पूर्णपाठः

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै