images
images
  • गण्डकीको बजेट आकार ३२ अर्ब ९६ करोड (पूर्णपाठ)

    काठमाडौं– गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका छन्‌ । आज (शनिबार) प्रदेश सभा बैठकमा मन्त्री गुरुङले आगामी आर्थिक वर्षको आयव्यय विवरण पेश गरेका हुन्‌ ।

    अन्य प्रदेशमा झैं गण्डकीमा पनि चालू आर्थिक वर्षको तुलनामा आगामी बजेट आकार घटाइएको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेट आकार भने ८५ करोड रुपैयाँले घटाइएको हो ।

    मन्त्री गुरुङले चालुतर्फ १३ अर्ब १६ करोड (३९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ५१ करोड रुपैयाँ (कूल विनियोजनको ६० प्रतिशत) बजेट विनियोजन गरेका छन्‌ । पर्यटन, कृषि, खानेपानीमा जोड दिँदै मन्त्री गुरुङले बजेटको अधिका‌ंश हिस्सा पूर्वाधार विकास निम्ति छुट्याएका हुन्‌ ।

    कृषि क्षेत्रमा व्यवसायीकरण र रूपान्तरण नारा दिएको प्रदेश सरकारले उत्पादन र रोजगारीमा जोड दिइने जनाएको छ ।

    बजेटको पूर्णपाठः

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै