images
images
  • Latest Update

    Trending

    कर्णालीको बजेट आकार १ अर्ब ९६ करोडले घटाइयो (पूर्णपाठ)

    काठमाडौं – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट अनुमान सार्वजनिक गरेको छ ।

    आज (शनिबार) प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ नारासहित आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेश गरेका हुन्‌ ।

    प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट आकार झण्डै १ अर्ब ९६ करोड रुपैयाँ घटाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि भने ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको आयव्यय अनुमान प्रस्तुत गरेको हो ।

    कर्णाली प्रदेश सरकारले पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार (५९.७ प्रतिशत) बजेट विनियोजन गरेको छ । चालूतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात (२४.१२ प्रतिशत) बजेट अनुमान गरेको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पूर्णपाठः

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्