images
images
  • रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँ : खेलकुदमन्त्री श्रेष्ठ

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले देशभरका रङ्गशालाहरूको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन् ।

    आइतबार सय दिने कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिकको मान्यता अनुरूप विकास गर्दै लैजाने उद्देश्यले यस वर्ष कर्णाली प्रदेशको सुर्खेतमा प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताए ।

    उनले खेलाडीहरूलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनाबद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको बताए । उनले कतारका अमिर नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र कतार सरकारबीच भएको द्विपक्षीय समझदारीपत्रमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको बताए ।

    नेपाल स्काउटको जग्गा भाडामा लिने÷दिनेबारे भएको सम्झौता र त्यस सम्बन्धमा उच्च अदालत पाटनको फैसला कार्यान्वयनको सम्बन्धमा छानबिन समिति गठन गरी प्राप्त प्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथा अनधिकृत उपयोग गरेको संरचना नियमसंगत उपयोग गर्न कानुनी व्यवस्थाको कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयको सहयोगमा सिलबन्दी गरिएको बताए ।

    उनले सहभागितामूलक नीति निर्माणको अवधारणा अनुरूप राष्ट्रिय खेलकुद नीति, र राष्ट्रिय युवा नीतिको मस्यौदा उपर प्रदेशस्तरमा राय सुझाव संकलन गरिएको र दुवै नीतिलाई अन्तिम रूप दिने क्रममा रहेको बताए । नेपाली खेल क्षेत्रलाई स्वस्थ र स्वच्छ राख राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ बमोजिम गठन भएको राष्ट्रिय एन्टीडोपिङ एजेन्सी लाई पूर्णता दिई क्रियाशील बनाइएको जानकारी गराए ।

    अन्तर्राष्ट्रियता प्रतिस्पर्धा गर्न सम्भावना भएका खेलहरूलाई मध्यनजर गरी खेलकुद पूर्वाधार विकासका लागि मुलपानी क्रिकेट रंगाशालाको डिपिआर तयार गरिएको र कीर्तिपुर क्रिकेट रङ्गशालामा स्कोर बोर्ड राख्ने सम्झौता भएको तथा फ्लड लाइटको खरिद प्रक्रिया अगाडि बढाइएको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्व जगतमा लोकप्रिय हुँदै गएको सूचना प्रविधिको प्रयोग गरी खेलिने खेललाई खेलकुद क्षेत्रमा समेट्ने गरी इ–स्पोर्ट खेलको प्रवर्द्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने, युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत १ हजार ४ सय ९४ जना कर्जा लगानी तथा स्वरोजगार सिर्जना भएको र १ हजार ४०१ जनाका लागि थप रोजगारी सिर्जना भएको बताए ।

    युवा तथा खेलकुदसँग सम्बन्धित सूचना तथा तथ्याङ्क प्राप्तिको लागि पोर्टल तयारीको नीतिगत र कार्यक्रमगत व्यवस्था गरिएको बताए ।

    मन्त्री श्रेष्ठले दशरथ रंगशालाको मर्मत कार्य सम्पन्न भएको, राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रत्येक प्रदेशमा आलोपालो गर्ने क्रममा यस वर्ष कर्णाली प्रदेशमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेश सरकारको अग्रसरतामा सुर्खेतमा रंगशाला सहितको खेलकुद पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको बताए ।

    खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिकको मान्यता अनुरूप विकास गर्दै लैजाने उद्देश्यले यस वर्ष कर्णाली प्रदेशको सुर्खेतमा प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताए । नेपाल स्काउट ऐन, २०५० को प्रतिस्थापन गरी नयाँ ऐन जारी गर्न र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई समसामयिक बनाउन संशोधन गर्न प्रक्रिया अगाडी बढाइएको बताए ।

    युवा लक्षित कार्यक्रमहरूमा वित्तीय सुशासन कायम गर्न र विनियोजित स्रोत तथा साधनलाई लक्षित वर्गको सहज पहुँच पुर्याउन नीतिगत व्यवस्था अद्यावधिक गर्नुपर्ने आवश्यकतालाई महसुस गरी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन, सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न कार्यदल गठन गरी अध्ययन कार्य भइरहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै