
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।
बिहीवार स्ंसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरीकन सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन् ।
‘बजेट हामीले सकेजति, गर्नसके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ’उनले भने,‘पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ । आवश्यकताअनुसार सकेको गरिएको छ ।’
उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए ।
उनले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहसँग अन्तरक्रिया गर्ने बताए । उनले बजेट निर्माणको प्रणालीमा नै समस्या रहेको उल्लेख गरे ।
‘बजेट पास गरिसकेपछि उहाँहरुसँग चितवन नै गएर अन्तरक्रिया गर्नेछु । आवश्यकताअनुसार जसरी मलाई नागरिकहरुले भन्दै आउनुभएको थियो, मैले पनि यो आवश्यकता नै हो है भनेर प्राथमिकीकरण गरेर गरेको छु,’उनले भने,‘नागरिकको आवश्यकताअनुसार बजेट विनियोजन गरेको छु । बजेट प्रणालीमै समस्या छ । जुन ढंगले बजेट बनाउँछौँ, छलफल गर्छौं त्यो प्रणालीमा नै समस्या छ । छलफल स्वभाविक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्