images
images
  • रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ : उपप्रधानमन्त्री लामिछाने

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले शुक्रवार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन् ।

    उनले सञ्चारकर्मीहरूमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमानदारिताका साथ कोसिस गरिरहेको जिकिर पनि गरे । सरकारमा गएको सय दिन जति भएको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले गज्जबले मन्त्रालयहरू चलाउने आधारहरू बनेको बताए । उनले आफ्नो पार्टीलाई पुराना पार्टीजस्तो नहोस् भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि गरे । उपप्रधानमन्त्री लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठूलो जिम्मेवारीमा पुगेको अनुभूति भएको पनि बताए ।

    उनले भने ‘आज हामीले यसो समीक्षा पनि गरेर हेर्यौं–कस्तो रहेछ, के रहेछ ? भनेर । समग्र रुपमा असाध्यै धेरै जिम्मेवारीपूर्ण भूमिकामा आईपुगिएछ सुरु गर्दागर्दै भन्ने कुराको महसुस भएको छ । र, २ वर्ष बितिरहँदाखेरी र आज जुन ठाउँमा रास्वपा राष्ट्रिय राजनीतिमा उभिएको छ । यसले हामीलाई असाध्यै धेरै जिम्मेवार बनाएको रहेछ भन्ने कुराको महसुस गराएको छ । जनताको अपेक्षा असाध्यै धेरै ठूलो छ । अपेक्षा नै असाध्यै धेरै छ ।

    हामी नयाँ राजनीतिक दल भएको हुनाले फरक भइदिए हुन्थ्यो, पुरानोसँग नगइदिए हुन्थ्यो । सरकारमा नगइदिए हुन्थ्यो । भन्ने जुन आम चासो छ नि । त्यो चाहिँ किन भनिरहन्छन् भने सरकारमा जानु भनेको आम नागरिकको आजसम्म बुझाई के हो भने सरकारमा जानु भनेको राज्य दोहन गर्नु भयो । मान्छे आफ्नो पाल्नु हो, ठेक्कापट्टा गर्नु हो । भ्रष्टाचार गर्नु हो भन्ने भएको भएर यी आफ्नो मान्छेहरू नगई दिए हुन्थ्यो भन्ने त्यो सोच सदभावका साथ राखिएको हो । तर हामीले एउटा आधार बनाएका छौं । किनभने २१ सिटले हामीले सदनमा एक वर्ष गज्जबको प्रतिपक्ष भएका हौँ । सरकारमा भर्खर सय दिन जति भएको छ । गज्जबको ढंगले मन्त्रालयहरू चलाउने आधारहरू बनेका छन ।

    आम नागरिकको अपेक्षा अवश्य पनि ठूलो छ । त्यो अपेक्षालाई परिपूर्ति गर्नका लागि हामीलाई चुनौती पनि ठूलो छ । त्यही ढंगको अभ्यास गरेर हामी त्यसको समीपमा पुग्छौँ । त्यसलाई मिट गर्ने, म्याच गर्ने पूरै इमानदार कोसिस गर्छौं । हामीलाई पुरानै जस्तो भनेर चाहिँ सचेत गराउनका लागि घण्टी बजाइदिए जस्तो लाग्छ ।

    तपाईँले आज पनि हाम्रो तौरतरिका हेर्नु भयो होला । गत वर्षको पनि हेरिरहनु भएको होला । मन्त्रालयमा हामीले गरिरहेको काम हेरिरहनु भएको होला । हाम्रो मन्त्रालयमा भ्रष्टाचार हुँदैनन् भन्ने कुराको निश्चिन्तता, ग्यारेन्टी दिनसक्छौ । हामी अननेशेसरी मोलाहिजामा जाँदैनौँ भन्ने सुनिश्चितता हामी दिन सक्छौँ । त्यसले गर्दा फरक धेरै छन । तर यति छोटो समयमा हामी कसरी फरक छौं, कसरी पृथक छौं ? अहिले देखाउन कहाँ पाएका छौँ र । बाँकी नै छ । आधार त भर्खरै बन्यो । यति लामो बेथितिका बाबदुत एउटा राजनीतिक धार जन्मिएको छ । ३३, ३४ वर्षको एउटा प्रसव पीडा पछि । यसलाई सबै भारी बोक भन्नुहुन्छ भने त्यो अन्याय होला । तर भारी बोक्न हामी तयार हुँदैछौं । हुन्छौ, सक्छौँ जस्तो लाग्छ मलाई ।’

    उपप्रधानमन्त्री लामिछानेले यति धेरै अवधिले रास्वपालाई धेरै ठूलो भारी नबोकेको भनेर आलोचना गर्नु अन्याय हुने पनि बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै