images
images
  • संसदका सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको ह्वीप

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

    शुक्रवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरुमा विनियोजन विधेयक बजेट निर्णयार्थ प्रश्ततु हुने कार्यसूचि रहेको र ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रश्तुत नहुँदासम्मका सबै बैठकहरुमा सबै मान्य सदस्यहरुको अनिवार्य उपस्थिति हुन निर्देशन दिने निर्णय भएको बताए ।

    ‘आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरुमा विनियोजन विधेयक बजेट निर्णयार्थ प्रश्ततु हुने कार्यसूचि रहेको छ,’ उनले भने,‘त्यसो भएकाले ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रश्तुत नहुँदासम्मका सबै बैठकहरुमा सबै मान्य सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्छ भनेर आजको संसदीय दलले निर्णय गरेको छ । अनिवार्य रुपले उपस्थित हुन र दलको ह्वीप निर्देशनअनुसार गर्नुहुन भनेका छौँ ।’

    उनले अनिवार्य रुपले उपस्थित हुन र दलको ह्वीप निर्देशनअनुसार गर्नुहुन आग्रह गरे । उनले काँग्रेस अहिले संसदमा प्रतिपक्षमा रहेको उल्लेख गर्दै प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनुपर्ने दायित्व प्रतिपक्षको भएको बताए ।

    पछिल्लो समयमा संघीय संसदका बैठकहरुमा सदस्यहरुको उपस्थिति पातलो भएकाले नेपाली काँग्रेसका सांसदहरुलाई संघीय संसदका बैठकहरुमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको बताए ।

    ‘अहिले संसदमा हामी प्रतिपक्षमा छौँ । प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनुपर्ने दायित्व प्रतिपक्षको हो,’ उनले भने, ‘तर यो पछिल्लो समयमा संघीय संसदका बैठकहरुमा मान्य सदस्यहरुको उपस्थिति अलि पातलो देखिएको छ । त्यसो भएकाले आजको संसदीय दलको बैठकले नेपाली काँग्रेसका सांसदहरुलाई संघीय संसदका बैठकहरुमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको छ ।’

    प्रमुख सचेतक लेखकले अहिलेको बजेटको विनियोजन अपरिपक्व, असन्तुलित, पूर्वाग्रही, पक्षपातपूर्ण रहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै