images
images
  • ‘बृहत हेटौंडा शहर’ बनाउन सम्भाव्यता अध्ययन गरिने

    काठमाडौ । बागमती प्रदेश सरकारले हेटौंडालाई ‘बृहत हेटौंडा शहर’को रुपमा रुपान्तरण गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्ष सम्भाव्यता अध्ययन गर्न बजेट बिनियोजन गरेको बताएका छन् ।

    स्थानीय तहसँगको सहकार्यमा उदीयमान शहरहरु र स्थानीय तहका केन्द्रहरुलाई मौलिक पहिचान सहितको व्यवस्थित सहर निर्माण गर्न पनि बजेट बिनियोजन गरिएको छ ।

    बागमती प्रदेशका सबै शहरी क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा घरको नक्सा पास गर्दा नै एक घर एक विरुवा रोपण कार्यक्रम सञ्‍चालन गरिने भएको छ । साथै, प्रदेशका प्रमुख शहरी क्षेत्रमा वातावरणीय स्वच्छता कायम गर्न सडक किनार वृक्षरोपण कार्यक्रम सञ्चालन गरिनेछ ।

    यस कार्यका लागि बागमती प्रदेश सरकारले पाँच करोड ९४ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

    बागमती प्रदेश सरकारले सञ्चालन गरेका चेपाङ, बनकरिया, माझी, बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम, खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम र गरिव तथा विपन्न वर्गका लागि जनता आवास कार्यक्रमलाई निरन्तरता दिन ४० करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

    रुवी भ्याली एकीकृत विकास कार्यक्रमलाई निरन्तरता दिँदै मानव विकास सूचकांकमा पछाडि परेका थप स्थानीय तहमा एकीकृत विकास कार्यक्रम सञ्‍चालन गर्ने बजेटमा घोषणा गरिएको छ ।

    प्रदेश सरकारको प्रशासनिक केन्द्रको भवन, प्रदेश सरकार मातहत निर्माण हुने नयाँ कार्यलय भवनहरु र अन्य पूर्वाधार निर्माणको संरचनामा एकरुपता कायम गर्न भवन संहिता मापदण्ड कार्यान्वयनको लागि बजेटको व्यवस्था गरिएको छ ।

    प्रदेश सरकारले बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न काठमाडौं उपत्यकाका खस्र्यांग खोला, महादेव खोला, हनुमन्ते खोला, चितवनका कयर, लदरी नदी करिडोरको सम्भाव्यता अध्ययनको लागि संघीय सरकारसँग सहकार्य गर्ने भएको छ ।

    बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै