images
images
  • Latest Update

    Trending

    ‘सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक’

    गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताएका छन्। 

    गण्डकी प्रदेश सरकारको सहकार्यमा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज आयोजित संसदीय पत्रकार अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रममा उहाँले सञ्चार क्षेत्र सम्बद्ध सबैसँग पटकपटक छलफल गरी विधेयकलाई निष्कर्षमा पुर्‍याइएको जानकारी दिए। 

    उनले भने,’समाजलाई सकारात्मक सोचमा अघि बढाउन पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । मैले संसदीय गतिविधिलाई प्रभावकारी बनाउनका लागि पनि सञ्चार क्षेत्रबाट धेरै अपेक्षा गरेको छु । ‘

    पछिल्लो समयमा सामाजिक सञ्जालले समग्र सञ्चार क्षेत्रको भूमिकालाई प्रभाव पारिरहेको जनाउँदै मुख्यमन्त्री पाण्डेले यसका लागि सिंगो सञ्चार क्षेत्र जिम्मेवार बन्नुपर्छ भने।

    संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले संसदीय पत्रकारितालाई प्रभावकारी बनाउनका लागि मञ्चले यस किसिमका तालिम आयोजना गर्दै आएको जानकारी दिए ।

    पत्रकार रामजी दाहाल, पूर्वप्रदेशसभा सदस्यद्वय विष्णुप्रसाद लामिछाने र धनञ्जय दवाडी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रविण ढकाल, प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीलगायतले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ । तालिममा पोखरामा संसदीय समाचार संकलन गर्दै आएका करिव ५० जना पत्रकारको सहभागिता छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्