images
images
  • अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो: महिला मन्त्री चौधरी

    इटहरी८ असार । महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ ।

    नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।

    सम्पूर्ण पार्टी पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘राष्ट्रियताको मिसन बोक्दैराष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो । पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो । अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ ।

    पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उहाँले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गर्नुभयो । उहाँले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताउनुभयो । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै