images
images
  • आचारसंहितामा रही मर्यादित पत्रकारिता गरौँ : अध्यक्ष बस्नेत

    काठमाडौं- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया बचाउन नयाँ रणनीति ल्याउन आवश्यक रहेको बताएका छन् ।

    प्रेस काउन्सिल नेपाल र सञ्चारिका समूहको संयुक्त आयोजनामा भएको ‘न्यू मिडिया र पत्रकार महिला युट्युबसहित सामाजिक सञ्जालको पत्रकारिता प्रभाव’ विषयक अन्तक्रियामा उनले सो कुरा बताएका हुन् ।

    ‘अहिले न्यु मिडियाका कारणले अन्य मिडिया संकटमा परेको छ । यो संकटबाट बचाउन, प्रिन्ट मिडियालाई छिटोछरितो तरिकाले पाठकबिच लैजान व्यवस्थापकले नयाँ रणनीति बनाउनेतर्फ ध्यान दिनुपर्छ ।’ उनले भने । मर्यादित आचारसंहितामा रही मर्यादित पत्रकारिता गर्न उनले सुझाव दिए ।

    अन्नपूर्णपोष्टका सम्पादक अखण्ड भण्डारीले पछिल्लो समय मुलधारका मिडिया संकटमा परेको दावी गर्दै त्यसलाई डिजिटल मिडियाले बचाएको बताए । अवको १० वर्षमा पत्रिकाका पाठक ह्वात्तै घट्ने उनले दावी गरे ।

    मिडिया एड्भोकेसी ग्रुपकी अध्यक्ष अनिता विन्दुले एकिन तथ्यांक नभए पनि पछिल्लो समय न्यू मिडियाबाट पत्रकारिता गर्ने महिलाको संख्या बढ्दै गएको बताइन् । उनले भनिन् ‘न्यु मिडिया हाम्रो आधारभुत आवश्यकता बनेको छ । नेपाली पत्रकारितामा न्यू मिडियाका कारण महिलाको संख्या बढ्दो छ ।’

    पत्रकार निर्मला शर्माले सामाजिक सञ्जालमार्फत आएका सूचना तथ्य प्रमाणित गरेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गरिन् । त्यस्तै, पत्रकार बबिता बस्नेतले नयाँ प्रविधिसँगै अगाडि बढेर पत्रकारितामा रहेका पत्रकार महिलाले आफ्नो क्षमता तिखार्न सधैँ तत्पर हुनुपर्ने धारणा राखीन् ।

    त्यस्तै, नारी म्यागेजिनकी सम्पादक उपासना घिमिरेले न्यु मिडियामा समाचार दिँदा संख्यात्मकभन्दा पनि गुणात्मक कुरामा ध्यान दिनुपर्ने बताइन् । महिला पत्रकारले आफ्नो क्षमता बृद्धि गर्नमा ध्यान दिनुपर्ने उनले सुझाव दिइन् ।

    सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले न्यू मिडियामा आफूलाई सुरक्षित राख्दै पत्रकारिता गर्नुपर्ने थुप्रै चुनौती रहेको उल्लेख गर्दै त्यसका लागि सधैँ तालिम र सचेतना जगाउने काम भइरहेको बताइन् ।

    सञ्चारिका समूहका पूर्वअध्यक्ष नितु पण्डीतले न्यू मिडियामा महिला पत्रकारले भोग्नु परेका चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनका अनुसार न्यू मिडियामा पत्रकारितामा महिलाले विभिन्न प्रकृतिका साइबर बुलिङ सहनु परेको छ । उनले म्याग संस्थाको रिपोर्टअनुसार ८८ प्रतिशत पत्रकार महिला डिजिटल हिंसामा परेका छन् ।

    इकान्तिपुर डटकमका सम्पादक दुर्गा खनालले अबको पत्रकारिता जीवन्त हुने आधार न्यू मिडिया रहेको भए पनि पत्रकारिताको मूल मर्म भुल्न नहुने बताए । कार्यक्रममा प्रेस काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुषालसहित महिला पत्रकारको सहभागिता थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै