images
images
  • बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    ६२ वर्षीय झालाई अनुसन्धानका लागि प्रहरीले दोस्रो पटक अदालबाट अनुमति लिएको हो।

    जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले पहिलो पटक थप भएको म्याद सकिएपछि हिरासतमा राख्न अनुमतिका लागि बिहीबार अदालतमा उपस्थित गराएको थियो।

    अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए।

    झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर गएको शुक्रबार नेपाल ल्याएको थियो । पहिले ठेगाना नखुलेको भन्दै पक्राउ नपरेका झालाई पक्राउ गरेसँगै दोस्रो चरणको अनुसन्धान सुरु भएको छ।

    झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहसम्म कनेक्सन मिलाएको आरोप छ।उनको नाममा २ करोड रुपैयाँको चेक काटिदिएको भेटिएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै